दाङ, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिप्लव नेकपाका हतियारबारे सोधीखोजी सुरु गरेको छ । काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत बिप्लवका हतियार खोई ? र त्यसबारे सरकार किन मौन छ ? भनेर प्रश्न सोधेका छन् ।
‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ शर्माले लेखेका छन् ।
तत्कालिन समयमा पनि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि पनि उनीहरुले बुझाएका हतियारबारे प्रश्न उठेको थियो।
माओवादीले हतियार लुकाएको र थोरै हतियार मात्रै देखाएको आलोचना व्यापक बनेपछि प्रचण्डले अन्य हतियार खोलाले बगाएको भन्दै पंछिएका थिए । विप्लव समूहले पनि राज्यविरूद्ध हिंसात्मक आन्दोलन गरेको हुँदा उस्ले पनि हतियार बुझाउनु पर्ने माग काँग्रेसले गर्दै आएको छ ।
तर सरकारले सहमति गर्दा ती हतियार बुझाउनेबारे केही नखुलाएको हुँदा काँग्रेस प्रबक्ता शर्माले त्यसबारे प्रश्न सोधेका छन् ।
प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal ?
सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2021
