
देउखुरी, फागुन २० । देउखुरी उद्योग बाणिज्य संघको नयाँ नेतृत्व फागुन २५ गते निर्बाचन हुने भएको छ ।बिहीवार पत्रकार सम्मेलन गरि निर्वाचनमो मिति घोषणा गरिएको हो ।
निर्बाचन संयोजक लिलाराम खनालले निर्बाचन कार्यक्रम सार्वजनिक गर्दै फागुन २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन १ देखि ४ बजेसम्म मतदाता नामावली उपर दावी र ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने बताए ।
त्यस्तै २२ गते ९ देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो ३ बजे उम्मेदवारीको नामावली प्रकाशन र ३ देखि ५ बजेसम्म उम्मेदवारी माथि दाबी बिरोधको समय तोकिएको छ ।
त्यस्तै २३ गते ११ बजेसम्म मनोनयन फिर्ता, मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोहिदिन १ बजेसम्म नमुना मतपत्र प्रदान र १ बजेदेखि २४ गते बेलुकासम्म प्रचार प्रसार गर्ने कार्यक्रम तोकिएको निर्बाचन संयोजक खनालले जानकारी दिए ।
संयोजक खनाल र सदस्यहरु प्रकाशकुमार जिसी र नवाफ अलीले जारी गरेको बिज्ञप्तीमा पनि सोही कुरा उल्लेख छ । बाणिज्य संघको नयाँ नेतृत्व चुन्न फागुन २५ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म लमहीको सार्बजनिक बगैचामा मतदान हुने भएको छ ।
लमही नगर भित्र सीमित देउखुरी उद्योग बाणिज्य संघमा एक हजार बढी सदस्यहरुले मतदाधिकार पाएका छन् ।उनीहरुले नै संघको कार्यसमितिको एक अध्यक्ष, दूई उपाध्यक्ष, एक कोषाध्यक्ष, एक महासचिब, एक सचिब र पाँच खुल्ला सदस्य र दूई जना महिला सदस्य गरि कुल १३ सदस्य कार्य समितिको टुँगो लगाउने छन् ।
सकभर संघको नेतृत्व सर्वसहमतिमै चयनको कसरत जारी रहेको व्यवसायीहरुले बताएका छन् ।
