काठमाडौं,मंसिर १४ । सेयर बजार परिसूचक र कारोबार रकमले दैनिक नयाँ रेकर्ड बनाउने क्रम जारी छ ।
नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक आज ७५।०२ अंक अर्थात् ३।९६ प्रतिशतले बढेर १,९६८।२७ अंक पुगेको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा २०० कम्पनीका ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैँया मूल्यबराबरका २ करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर ८० हजार दुई सय ७१ कारोबारमार्फत् किनबेच भएका छन् ।
केही समययता नेप्सेमा लगातार उछालसँगै सेयर बजार पुँजीकरण करिब २७ खर्ब रुपैँया पुगेको छ ।
अघिल्लो साता अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले यसभन्दा अघिको पुरानो रेकर्ड ब्रेक गर्दै १,८९३।२४ अंकमा पुगेको थियो । यद्यपि दैनिक कारोबार रकम भने ७ अर्ब ६१ करोड पुगेको थियो ।
आइतबार बैंकिङ्ग उपसमूहले बजारलाई उचालेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, लघुवित्त, जीवन विमा, म्युचुअल फण्ड तथा नेपाल टेकिकम समेतको सेयर सूचीकृत अन्य उपसमूहको परिसूचक उकालो लागेको छ ।
त्यस्तै, ट्रेडिङ्ग, होटल, निर्जिवन बीमा, म्यानुफ्याक्चरिङ्ग तथा प्रडक्सन उपसमूहको परिसूचक ओरालो लागेको छ ।
बैंकहरुको प्रतिफल कमजोर हुँदा पनि लगानीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । बैंकिङ उपसमूहको सेयरको माग बढेको छ ।
आज नेप्सेमा ग्रीन डेभलमपेन्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सेञ्चुरी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको सेयर मूल्य बढेको छ ।
