काठमाण्डौ,मंसिर १२ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
