२०८३ असार १३ गते शनिवार

‘यो माया के हो’ सार्वजनिक ( भिडियो )

काठमाण्डौं, मङ्सिर ५ । मलेशियामा बसेर विभिन्न संगीत सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याउदै आएका गीतकार राम कृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *