२०८३ असार १० गते बुधवार

सुनकाे भाउ ताेलामा ४ सय रुपैयाँले घट्याे

काठमाण्डौ,मंसिर ५ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ ।

तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *