२०८३ असार ११ गते बिहिवार

सल्यानमा मास्क कारवाही – हालसम्म दूई लाख राजश्व संकलन

दाङ,मंसिर ४ । सल्यान प्रहरीले मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई कारवाही जारी राखेको छ । कोरोना भाइरसको माहामारीवाट जोगाउन मास्कले महत्वपूर्ण भूमिका खेल्ने हुँदा प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई आर्थिक जरिवाना गर्दै आएको छ ।

अटेर गरि मास्क नलगाई हिड्ने हरेक व्यक्तिलाई प्रति व्यक्ति एक सय रुपैंया आर्थिक जरिवना गर्दा हालसम्म झन्डै दूई लाख राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यानमा प्रहरीले असार २७ गतेदेखि मास्क नलगाई हिड्नेहरुलाई आर्थिक जरिवाना थालेको सुरु गरेको थियो । त्यस पूर्व उस्ले मास्क लगाउन सार्वजनिक सूचना जारी गर्दै अटेरी गर्नेहरुलाई कारवाही गर्ने जानकारी पनि गराएको थियो ।

रेडियो मार्फत पनि प्रहरीले त्यो सूचना प्रशारण गरेको थियो । त्यसपछि पनि अटेरी गर्नेहरुलाई प्रहरीले आर्थिक जरिवाना थालेको जनाएको छ । यसैबीच प्रहरीले सल्यानका विभिन्न स्थानवाट विहीवार मात्रै ४३ जनालाई कारवाही गर्दा ४ हजार ३ सय राजश्यव संकलन भएको जानकारी दिएको छ । हालसम्म १ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *