२०८३ असार १३ गते शनिवार

मृतकका आफन्तले मौरीघाटमा राजमार्ग बन्द गरे

तस्विर – ओमप्रकाश गुप्ता

दाङ,कात्तिक २६ । ट्रकको ठक्करवाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको मौरीघाटमा बाटो बन्द गरेका छन् ।

बुधवार विहान करिब १० बजेदेखि आफन्तले बाटो बन्द गरेका हुन । त्यसले गर्दा गनतब्यमा जान हिडेका सयौं सवारी साधन सडकमै रोकिएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं। ४ मौरीघाटमा दूर्घटना पछि पल्टिएको ट्रक बुधवार विहान प्रहरीले उठाउन खोजेपछि आक्रोसित आफन्तले राजमार्ग बन्द गराएका हुन ।
मृतकका आफन्तले दूर्घटना पछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रहरी अधिकारीहरुले भने मृतकका आफन्तले उचित क्षतिपूर्तीको माग गर्दै राजमार्ग बन्द गराएको हुन सक्ने भन्दै छलफल मार्फत राजमार्ग खुलाउन प्रयास भइरहेको बताएको छ ।

ट्रक चालक गोरुसिंगेमा पक्राउ परे

दूर्घटना पछि फरार भएका ट्रक चालक कपिलबस्तुको गोरुसिंगेबाट प्रहरी सम्पर्कमा आएका छन् ।

पक्राउ परेका चालकलाई दाङ ल्याउन लागिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए ।

ट्रकका साहुजी भैरहवाबाट सम्पर्कमा आएको र उनीपनि समस्या समाधानका लागि दाङ आउन लागेको हुँदा छिट्टै समस्या समाधान हुने प्रहरीको विश्वास छ ।

मृतक तीन जना किशोरको शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

एउटै मोटरसाईकलमा सवार मंगलवार बेलुका पौने ८ बजेतिर ट्रकको ठक्करवाट मृत्यु भएको थियो ।

 

सवारी दूर्घटनामा मारिने तीन किशोरको पहिचान खुल्यो

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *