
काठमाडौं, कार्तिक २१ । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
