२०८३ असार १ गते सोमवार

प्रतिष्ठानमा इएनटी इन्डोस्कोपी सेवा गर्ने तयारी

घोराही, असोज २५ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च प्रबिधिको इएनटी इन्डोस्कोपी सेवा सुरु हुने भएको छ ।उच्च प्रविधिको इएनटी इन्डोस्कोपी ४ के सिष्टमको मेसिन जडान गर्न लागिएको छ ।

मेसिन जडान भएर सेवा सञ्चालन भएमा अब जटिल खालको नाक, कान र घाँटी रोगका उपचार गर्न सहज हुने प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ डा। बिक्रम बुढाथोकीले जानकारी दिए ।प्रतिष्ठानले दशैं तिहारपछि उक्त सेवा सुरु गर्ने उनले बताए ।

मेसिनसंगै जनशक्ति ब्यबस्थापन गर्नुपर्ने भएकाले केही दशैं तिहार पछि सेवा सुरु हुने उनले जानकारी दिए ।काठमाडौंको टिचिङ र धरानपछि दाङको प्रतिष्ठानमा उच्च प्रबिधिसहितको मेसिन जडान गरिएको उनले जानकारी दिए ।

पश्चिम नेपालमै पहिलो पटक दाङमा उक्त उपकरण जडान गरिएको उनले बताए । उच्च स्तरको मेसिन जडान भएसंगै नाक,कान र घाँटीको जटिल उपचारपनि दाङमै सम्भब हुने उनले विश्वास व्यक्त गरे ।

उक्त उपकरण जडान पछि सेवा सुरु भएमा नाकमा मासु पलाएको, ट्युमर, पिनास लगायतका नाक सम्बन्धि उपचार प्रतिष्ठानमा हुने उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *