२०८३ असार १ गते सोमवार

शनिवार दाङमा २६ नयाँ संक्रमित थपिए

तुलसीपुर, असोज २४ । शनिवार दाङमा २६ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै घोराहीमा १५ जना, तुलसीपुरमा ७ जना, बबई, बंगलाचुली, गढवा गाउँपालिका र लमही नगरपालिकामा १÷१ जनामा संक्रमन पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा २६ जनालाई संक्रमन पुष्टि भएको हो ।

जिल्ला फोकल पर्सन कमल चन्दका अनुसार यो सहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४ सय ४७ पुगेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३ सय १३ पुगेको चन्दले जानकारी दिए । शनिवार सम्म दाङका ६ जनाको कोरोनाका कारण मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *