२०८३ कार्तिक १२ गते बुधवार

नेपालमा एकैदिन ३ हजार ४३९ संक्रमित थपिए

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

दाङं, असोज २१ । नेपालमा बुधवार एकैदिन थप ३ हजार ४ सय ३९ जना कोरोनाका संक्रमित थपिएका छन् ।  एकै दिन यति धेरैसंक्रमित थपिएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवारसम्म सक्रिय  संक्रमितको संख्या २५ हजार ७ पुगेको  छ।त्यस्तै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३  पुगेको छ।

बुधवार कोरोनाबाट १ हजार १ सय २६ जना निको भएर घर फर्किएका छन् । हालसम्म  ६८ हजार ६ सय ६८ संक्रमितको संख्या पुगेकोप्रबक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बुधवार थप १५ जना मृतकमा कोरोना संक्रमन पुष्टि भएको छ। बुधवारसम्म कोरोनाका कारण ५ सय ७८ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *