२०८३ कार्तिक १२ गते बुधवार

राजधानीको सवालमा पार्टीको ह्विप मान्दिन – डिल्लीबहादुर चौधरी

फाइल तस्विर

तुलसीपुर, असोज २० । नेपाली काँग्रेस दाङबाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरीले राजधानीको सवालमा पार्टीले ह्विप जारीगरेपनि त्यो आफुले नमान्ने  स्पष्ट पारेका छन् ।

काँग्रेस दाङवाट निर्वाचित एक्ला सांसद चौधरीले नजायज कुरामा यदी पार्टीले ह्विप जारी गरेपनि त्यो क्रस गर्ने जानकारी दिए ।‘राजधानीको पक्षमा मतदान गर्दा पार्टीको ह्विप मान्न सकिदैन,’ चौधरीले भने ‘ बरु पार्टीको कारवाही सहन तयार छु, तर नजायज कुरामान्न सकिन्न।’

उनले दाङको भालुवाङलाई राजधानी बनाउने सवालमा पार्टीको ह्विप मान्न नसकि र त्यसका लागि पार्टीको जस्तो कारवाही भोग्नपनिआफु तयार रहने स्पष्ट पारे । उनले दाङको देउखुरी क्षेत्र हरेक दृष्टिकोणले प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको बताए ।

प्रदेश सांसद चौधरीले आफुसहित पश्चिम क्षेत्रका काँग्रेसका ६ जना सबै सांसदले दाङको पक्षमा मतदान गर्ने जानकारी दिए ।

रुपन्देही र त्यसआसपाका जिल्लाका प्रदेश सांसदहरुले भने राजधानी सार्न नपाइने भन्दै व्यापक विरोध गर्दै आएका छन् । उनीहरु मध्यकेहीले सोमवार सदनमै तोडफोड समेत गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *