
तुलसीपुर,असोज १७ ।स्थानीय तहले बनाएका ऐन,नियम र कानुनको बारेमा नागरिकहरु अनविज्ञ रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । शनिवार सम्वाद समुह सचिवालय तुलसीपुरले आयोजना गरेको स्थानीय तहको कानुन र नागरिक सहभागीता विषक सम्वाद कार्यक्रममा बोल्ने सहभागीले स्थानीय तहमा बनेका कानुनहरु र सो कानुन निर्माण गर्दा सरोकारवालाहरुको सहभागीता भने हुन नसकेको गुनासो गरे ।
सहभागीहरुले नागरिकको हक, अधिकार र सहभागिताका लागि संवैधानिक व्यवस्था ऐन र कानुनी,निति मापदण्ड,कार्यविधि र निर्देशिका निर्माण गरि कार्यान्वयनमा नागरिको सहभागितामा जोड दिन सवै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका बिधायन समितिका सदस्य तथा सरोकारवालाहरुसंग भएको सम्वाद कार्यक्रममा सहभागिहरुले सवन्धीत सरोकारवालाहरुको सहभागितामा ऐन र कानुनहरु बनाउनुपर्ने भएपनि त्यसमा नागरिकको सहभागिता न्यून रहेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका बिधायन समितिका संयोजक देवराज विश्वकर्माले स्थानिय तह आएको तिन वर्षमा तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ६७ वटा ऐन,कानुन र कार्यविधि बनाएको बताए । उनले शिक्षा,स्वास्थ्य,कृर्षि खानेपानी लगाएतका विषयमा कार्यविधि बनाएको र पुर्वाधार विकास तर्फ विभिन्न नियम कानुनको तर्जुमा गरेको बताए । बनिसकेको कानुन जनताले थाहा पाउनुपर्छ,उनले भने,-तर निर्माण भएका कानुन कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलता आफुहरुले व्यहोर्नु परिरहेको बताए । जनताको आवश्यकतालाई सम्बोधन गर्दै कानुनलाई समेट्न खोजिरहेको भन्दै उनले अझै पनि केही कानुन सम्बोधन गर्न बाँकी रहेको पनि बताए ।
कार्यक्रममा अधिवक्ता मोहनप्रसाद धितालले विद्यान समितिले निर्माण गरेका कानुन ऐन तथा कार्यविधिहरु वडा र टोल टोलमा लगेर छलफल गराउनुपर्ने बताए । सविधानको मौलिक हक अनुसार स्थानिय सरकारले कुन कुन कानुन बनायो र जनसहभागिता भयो भएन भन्ने सवैले थाहा पाउनु पर्छ, तर यहाँ त्यस्तो देखिएन,उनले भने । उनले जनताले थाहा पाउने गरि प्रष्ट रुपमा त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।
पछिल्लो समय जनसहभागिता नभई किपी पेष्ट गर्दा कानुन कार्यान्वयनमा समस्या हुने गरेको उनको भनाई छ । कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले जनताले चाहे अनुसारको कानुन निमाणर्मा स्थानिय सरकार लाग्नु पर्ने बताए ।
संवाद समुह प्रदेश नं ५ का सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बिधायन समितिका सदस्य सचिव झरेन्द्र खरेल,सदस्य युवा करारा,पुर्व प्रहरी संगठनका बसन्त खड्की,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्री,शिक्षा पत्रकार गोपाल शर्मा भट्राई,कृर्षि पत्रकार बसन्त पौडेल,पत्रकार ओपेन्द्र बस्नेत,शिक्षा महासघं तुलसीपुरका उसा गौतम,जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी,राप्ती बहिरा सघंका निर्देशक प्रतिमा शर्मा,अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कंडेल लगाएतले स्थानिय सरकारले थुप्रै कानुन बनाएपनि ति सबै कानुन कार्यान्वयन हुन नसक्दा आफुहरु अन्यौलमा परेको बताए ।
अधिबक्ता विष्णुमणी धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संवाद समुह दाङका वरिष्ठ सहजकर्ता सुसील बस्नेत र सुस्मा गिरीले गरेका थिए । कार्यक्रममा धन्यावाद ज्ञापन संवादका सदस्य कमला जिसीले गरेकी थिइन् ।
