
काठमाडौँ,भदौ २६। देशकेहि स्थानमा शुक्रबार दिउँसोको मौसममा सामान्यतया देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदलीका कारण केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।अहिले बिहानी पख देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ।
