
निशान भट्टराई,
घोराही, भदौ २५ । दाङ घोराहीको एक दम्पत्तिको सन्तान पाउने लामो चाहना पुरा भएको छ । झन्डै विहे गरेको झन्डै ३० वर्षपछिको सन्तान पाउने अभिलाषा पुरा भएको हो । घोराही निवासि दानबहादुर केसी र डिलाकुमारी थापा केसीको सन्तानको रहर पुरा भएको छ । सन्तानको तीव्र अभिलाशाका कारण यो दम्पत्ति भारतको दिल्ली सम्म पुग्यो । नेपालका विभिन्न अस्पतालमा टेष्टु्युव वेविका लागि उनीहरु पुगे ।
तर त्यो संभव भएन । अनि उनीहरु भारतको इन्दिरा हस्टिलमा पुगेर टेस्ट्युव वेवि (आइभिएफ) बनाएर फर्किए । भारतवाट टेष्ट्युव वेवि बनाएर फर्किएको केसी दम्पत्तिको त्यो अभिलाशा हालसालै पुरा भएको छ ।त्यसअघि विहे भएको लामो उमेरसम्म पनि गर्भ नरहेपछि सन्तानको लागि केसी दम्पत्ति विभिन्न अस्पताल पनि पुगेको थियो ।
उमेर र शारीरिक जोखिमका बाबजुद ४८ बर्षको उमेरमा डिलाले बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया मार्फत जुम्ल्याहा छोराको जन्म दिएकी छन् । दुवै वच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रशासनले जानकारी दिएको छ । जुम्ल्याहा छोरा जन्मिएपछि केसी दम्पत्ति निकै खुसी छन् । २०५० सालमा उनीहरुको विहे भएको थियो । प्रतिष्ठानका डिन, प्रसुती रोग विशेषज्ञ डा. बशन्त लामिछानको चिकित्सक टोलिले शल्यक्रिया गरि जुम्ल्याहा बच्चा निकालेका थिए । बुधवार विहान एउटा वच्चा ९ बजेर १३ मिनेटमा र अर्कौ बच्चा ९ बजेर १६ मिनेटमा जन्मेको अस्पताल प्रशासलने जानकारी दिएको छ ।
‘उमेर एक त ४८ वर्ष, महिनावारी सुक्ने समय, त्यसमा पनि विभिन्न शारीरिक समस्याका कारण यो केश अलि जटिल नै थियो,’ डा.लामिछानेले भने ‘ अस्पतालमै शल्यक्रिया गराउने परिवार जनको आत्मविश्वासलाई पनि सम्मान गर्नुपर्छ ।’जुम्ल्याहा बच्चा जन्माउने आमाको पाठेघरमा ८ देखि ९ सेन्टिमिटरको ट्युमर मासु पलाएको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।
त्यसैले छिटो वेथा नलागोस भनेर पाठेघरको मुख पनि वानेको डा. लामीछानेले बताए ।‘उहाँ जिउ चिलाउने देखि थाइराइडसम्मका रोगवाट ला पिडित हुनुहुन्थ्यो,’ डा.लामिछानेले थपे ‘ त्यसमा पनि यो कोरोनाको महामारीको वेला उपचार गर्ने अर्कौ चुनौति थियो ।’उनले एनेस्थेसिया, वाल रोग विशेषज्ञसहित अन्य चिकित्सक तथा रगतको पनि ब्यवस्थापन गरेर अप्रेसन सफल भएको बताए । अस्पतालले नवजात वच्चा मध्य एउटाको तौल २ किलो ५० ग्राम र अर्कौ बच्चाको तौल २ किलो ३०० ग्राम रहेको जानकारी दिएको छ । करिव ५÷६ महिनादेखि डा. लामिछानेसंग ती महीलाले चेक गराउदै आएकी थिइन ।
