
काठमाडौं, भदौ २५ । नेपालमा विहीवारसम्म कोरोना भाइरसवाट संक्रमित हुनेहरुको संख्या ५० हजार ४६५ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।बिहीबार मात्रै १ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएको र संक्रमणबाट ५ जनाको मृत्यु भएको जानकारी दिए ।उनले पछिल्लो २४ घण्टामा जना १ हजार ८ सय १८ जना उपचार पछि निको भएर घर फर्किएको जानकारी दिए ।
विहीवार सम्म निको भएर घर फर्किनेको संख्या ३५ हजार ७ सय पुगेको उनले जानकारी दिए । त्यस्तै विहीवार सम्म नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको प्रबक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
वितेको २४ घन्टामा काठमाडौंका तीन जना, चितवन र कपिलबस्तुमा एक÷एक जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ५५ वर्षीया महिला, ५९ वर्षीय पुरूष र ८३ वर्षीय पुरूष, चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरूषको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Aa
