२०८३ कार्तिक १४ गते शुक्रवार

रुपन्देहीमा एकै दिन ३ कोरोना संक्रमितको मृत्यु

बुटवल, भदौ १९ । बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको  मृत्यु भएको छ । योसंगै रुपन्देहीमा शुक्रबार विहानसम्म मृत्यु हुनेकोसंख्या १४ पुगेको छ ।

शुक्रवार विहान ९ बजेतिर बुटवलको कोरोना बिशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत बुटवल ८ मिलनचौक निवासी ७८ वर्षीयपुरुषको मृत्यु भएको छ । उनी ९ दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । उनमा उच्च रक्तचापको समस्या रहेको  अस्पताल प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै शुक्रवार  विहान सिद्धार्थनगर नगरपालिकाकाका एक पुरुष र महिला गरि थप दूई जनाको  मृत्यु भएको छ ।एकजनाको बुटवलअस्पतालमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका पदाधिकारीले जानकारी दिएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी ६४ बर्षीया महिलाको  बुटवल उपमहानगरपालिका वडा नम्बर १०रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा शुक्रवार बिहान साढे ८ बजे मृत्यु भएको  छ ।

उनी भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन । उनी उच्च रक्तचाप, सुगर र निमोनिया लगाएतका रोगबाट ग्रसित थिइन । भदौ १६ गतेउनलाई कोरोना पुष्टि भएको थियो ।

त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी मृगौलाका बिरामी थिए । उनको  शुक्रवार बिहान घरमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *