२०८३ असार २८ गते आइतवार

नेपालमा कोरोनाबाट एकै दिन ११ जनाको मृत्यु, मृतको संख्या १७५ पुग्यो

दाङ, भदौ १० । नेपालमा वितेको २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक मध्य ९ जना पुरुष र २ जना महिला रहेका छन् ।

स्वास्थ्यमन्त्रालयका अनुसार वितेको २४ घन्टामा बाँकेका ३७ वर्षीय पुरुष, कैलालीका ४५ वर्षीय र र ५० वर्षीय गरि २ पुरुष, मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय गरि २ पुरुषको मृत्यु भएको छ । नेपालमा बुधवार सम्म कोरोना भाइरसको संक्रमणका कारण १ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *