दाङ,असार २६ । पहिरोले घर पुर्दा रूकुम पश्चिममा आमा छोराको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।
पहिरोले आठबीसकोट नगरपालिका वडा नं. ३ रेझेखोला निवासी तुलबहादुर दमाईंको घर पुर्दा उनकी २८ वर्षीया श्रीमती सीता र ६ वर्षीय छोरा हाविल दमाईको मृत्यु भएको छ ।
दमाईकी आठ वर्षीया छोरी हिरा दमाई पहिरोमा परि घाइते भएकी छन् । उनको अवस्था खतरा मुक्त रहेको तथा स्थानीय मेडिकलमै उपचार भइरहेको भन्ने जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बताए ।
शुक्रवार बिहान ६ बजेतिर पहिरो आउँदा घरमुली तुलबहादुर कामको सिलसिलामा बाहिर रहेको हुँदा उनी भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
