
तुलसीपुर,असार १७ । तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय तह घोषित भएको छ । यो संगै तुलसीपुरले नगद ५ लाख पुरस्कार स्वरुप प्राप्त गरेको छ । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको हुँदा राष्ट्रिय युवा परिषद्ले तुलसीपुरलाई पुरस्कृत गरेको हो । परिषदले जारी गरेको सूचनाको म्याद भित्र सूचकहरुमा आधारित रही स्व मूल्याङकन फाराम तथा विवरण पेश गरेका पालिकाहरु मध्य प्रत्येक प्रदेशवाट १÷१ वटा पालिकालाई यसरी छनौट गरिन्छ ।
परिषद्ले तुलसीपुर सहित सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको छ । परिषद्ले कार्यविधि वनाएर उत्कृष्ट काम गर्ने स्थानीय सरकारलाई सम्मान गर्दै आएको छ । युवामैत्री कार्यक्रमलाई जोडेर कार्य गरेको हुँदा तुलसीपुर पुरस्कृत भएको भन्दै नगरप्रमुख घनश्याम पाण्डेले खुसी साटे । उनले युवा लक्षित गरेर उपमहानगरपालिकाले विभिन्न विधाका कार्यक्रम विगतदेखि नै सञ्चालन गर्दै आएको र भविस्यमा पनि थप व्यवस्थित रुपमा गर्ने हौसला प्रदान भएको उनले बताए । उनले युवाहरुलाई अवसर दिए मात्रै सोचेको जस्तो परिवर्तन र विकाश संभव हुने तर्क गरे ।
