तुलसीपुर, असार १२ । ८५ हजार नगद रकमसहित तुलसीपुरवाट ४ जुवाडे पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरवाट साधा पोशाकमा खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा गोमा कँडेलको घरवाट उनीहरुलाई विहीवार पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा तुलसीपुर ९ का ३२ बर्षीय अब्दुल रजिमन, तुलसीपुर ५ का ३७ बर्षीय टेकबहादुर विक, सोही ठाउँकै ४५ बर्षीय राजु भनिने महमद अनिस कुरेसी र सोही ठाउँकै ४९ बर्षीय नारायण केसी पक्राउ परेको प्रहरीले बताएको छ ।
उनीहरुको साथवाट ३ गड्डी तास र ८५ हजार ४५ रुपैंया नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
