तुलसीपुर, असार ३ । करेन्ट लगाइ ज्यान लिने खोज्ने अभियोग खेपेका दूई अभियुक्त पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानी जरुवा निवासी २१ बर्षीय विष्णु बुढाथोकी र सोही ठाउँका २० बर्षीय खिमबहादुर विक उक्त अभियोगमा पक्राउ परेका छन् ।उनीहरु माथि सोही ठाउँ निवासी ४७ बर्षीय टिकाराम पुनलाई करेन्ट लगाएर ज्यान मार्न खोजेको अभियोग लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले जेठ ३० गते बुढाथोकी र विकले मिलेर पुनलाई आफ्नै ग्रिल उद्योगमा काम गरिरहेको समयमा हालपात गर्नुका साथै होल्डरवाट शरिरमा करेन्ट लगाएर ज्यान लिन खोजेको अभियोग रहेको बताए ।घटना लगतै फरार उनीहरुलाई खोज तलासका क्रममा असार १ गते तुलसीपुरवाटै पक्राउ गरिएको र उनीहरु माथि अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक पालले जानकारी दिएका छन् ।
