२०८३ कार्तिक ७ गते शुक्रवार

कालिकोट दुर्घटनाका दुई घाइतेलाई सेनाको हेलिकोप्टरले काठमाडौं लग्यो

सुर्खेत, जेठ २८ । कालिकोट दुर्घटनामा दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टबाट थप उपचारका लागि  काठमाडौं लगिएको छ।कालिकोटको रास्कोट नगरपालिका वडा नं. २ का २० वर्षीया निस्पता सार्र्की र २८ वर्षीय मिम सार्कीलाई थप उपचारका लागिकालिकोटवाट काठमाडौं लगिएको छ ।

बुधवार विहान टिपर कर्णाली नदीमा खस्दा  दुई घाइतेसहित ३५ जना भने सम्पर्कमा आइसकेका छन् ।

थप दुई जना अझै बेपत्ता छन् । बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।रास्कोट नगरपालिका वडा नं. –२ निवासी  २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की सार्कीको मृत्यु भइसकेको छ ।

बुधबार बिहान नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्नेठाउँबाट कर्णाली नदीमा खसेको थियो । भारतबाट आएका मानिसलाई क्वारेन्टिनमा पुर्याउन  टिपर प्रयोग गरिएको थियो ।टिपरमा ३९ जना सवार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *