२०८३ कार्तिक १३ गते बिहिवार

९ जना मध्य ६ को रिपोर्ट नेगेटिभ, अब ३ को आउन बाँकी

दाङ, वैशाख ३ । संक्रमित महिलासंगै यात्रा गरेकी घोराहीकी एक महिलासहित पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालवाट परीक्षणको लागि नौं जनाको स्वाब भैरहवा पठाइएको थियो ।

त्यस मध्य बीरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४गोरखा टोल निवासी ६२ बर्षीया महिला, उनका परिवारका थप ४ सदस्य र राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्ट नेगेटिभआएको छ ।

रिपोर्ट नेगेटिभ आएका ६ जनालाई बुधवार नै डिस्चार्ज गरिएको छ ।

मंगलवार स्वाब पठाइएका मध्य अब घोराहीकी ती महिलाका परिवारका थप १ सदस्य र राजपुर गाउँपालिकाका अर्का १ युवाको रिपोर्टआउन बाँकी रहेको छ ।

चैत १७ गते कैलाली पुगेकी महिला र दाङ घोराहीकी एक महिलाले एउटै बसमा यात्रा गरेको सोमवार पत्ता लागेपछि ती महिला र उनका  घर परिवाकार थप पाँच सदस्यलाई बेलझुण्डी अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो ।

यसैबीच संक्रमित महिलासंगै यात्रा गरेका  दाङको भालुवाङ क्षेत्रका थप पाँचलाई पनि बेलझुण्डीस्थित आइसोलेसनमा राखिएको छ ।

उनीहरु सबै राप्ती गाउँपालिकाका वडा नं. १ का एउटै परिवारका सदस्य हुन ।  मंगलवार बेलुका मात्रै उनीहरुलाई अस्पताल पुर्याएकोहुँदा स्वाब संकलन हुन भने अझैं बाँकी नै छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *