
दाङ, चैत २७ । नेपाल निर्माण ब्यवसायी महासंघले सरकारको कोरोना भाइरस नियन्त्रण कोषमा एक करोड आर्थिक सहयोग गर्ने भएको छ । महासंघको आन्तरिक कोषवाट उक्त सहयोग प्रदान गर्ने निर्णय भएको छ ।
महासंघका विशिष्ट सदस्य तथा प्रदेश ५ का अध्यक्ष वलिभद्र रानाले उक्त जानकारी दिएका हुन । राजधानीमा विहीवार बसको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाको महामारीको रोकथाम र विरामीको उपचार गर्न सहजहोस भनेर राज्यलाई उक्त सहयोग गर्ने निर्णय भएको रानाले बताए । त्यस्तै सातवटै प्रदेसमा १३ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय भएकोपनि रानाले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार