२०८३ जेष्ठ ३१ गते आइतवार

काँग्रेसको बिजयको पतंगा दाङबाटै फहराउनुस – सभापति देउवा


दाङ,भदौ २८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीको उम्मेदवार बिजयी बनाएर दाङवाटै जितको पतंगा फहराउन आग्रह गरेका छन् । शनिवार दाङको तुलसीपुरमा वीपीको पूर्णकदको सालिक अनावरण पछि सम्वोधन गर्दै सभापति देउवाले निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई बिजयी बनाएर देशभर एकताको सन्देश प्रवाह गर्न आग्रह गरेका हुन ।

‘एकताबाट मात्रै सफलता हसिल गर्न सकिन्छ । त्यसैले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै एक एक ढिक्का भएर लाग्न आवश्यक छ,’ सभापति देउवाले भने । अब हिजोका कमिकमजोरी भुलेर अगाडि बढ्ने बेला आएको बताएका उनले बताए ।

‘पार्टीलाई ठूलो चुनौति आएको छ । पार्टी एकता भएन भने फेरि चुनाव हारिन्छ । पार्टीमा अन्तरघात भयो भने फेरि चुनाव हारिन्छ,’ सभापति देउवाले भने ‘हिजोका अन्तरघातिलाई हामीले छोडेका छैनौं र आउँदो चुनावमा सबै कुरा भूलेर एक भएर लाग्न जरुरी छ।’

काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले ठूलो अन्तरघात भएको भन्दै के कारणले अन्तरघात गरेको हो ? भन्ने प्रश्न सोधेका थिए । उच्च अदालत,प्रदेश प्रहरी कार्यालय सबै काँग्रेसका कारण दाङमा आएको बताएका उनले दाङ ५ नं. प्रदेश हुनुपर्ने माग गरे ।

उनले कम्यूनिष्ट सरकारले किन प्रदेशको स्थानीय राजधानी घोषणा गर्न सकेको छैन ? भन्ने प्रश्न पनि गरे । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले कम्युनिष्ट सरकार वाईडवडी काण्ड, बालुवाटार काण्ड, गुठी संस्थान काण्ड लगायत काण्डै काण्डमा फसेको हुँदा यसको औचित्य समाप्त भइसकेको दाबी गरे । उनले पनि दाङ राजधानीको विकल्प नरहेको बताए। जिल्लाको विकास निर्माणदेखि मुलुकको शान्ति सुरक्षा काँग्रेस विना संभव नभएको उनले बताए ।

निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमलाई राष्ट्रियसभा सदस्य अनिता देवकोटा, जनजागरणका लागि जिल्लामा खटिएका प्रतिनिधिहरु सुरेन्द्र हमाल र मोहन बराल लगाएले कम्युनिष्ट सरकारले जनतालाई करमात्रै थोपरेको, भ्रष्टचार र महंगी व्यापक रुपमा बढाएको भन्दै विरोध गरेका थिए । त्यसक्रममा विभिन्न पार्टी परित्याग गरि झन्डै एक दर्जन जति मानिसहरु नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए ।  कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चूर्णबहादुर चौधरीले गरेका थिए ।

सभापति देउवा, केन्द्रीय सदस्य गिरी र प्रदेश सांसद चौधरीले अरु के–के भने (भिडियोमा हेर्नुहोस)

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *