
दाङ,भदौ २७ । नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको स्मतिमा नारायणपुर बजारको एउटा चोकको नामांकरण गरिएको छ । नेपाली काँग्रेस साविक त्रिपुर समितिको निवेदनका आधारमा घोराही उपमहानगरपालिका वडा नं. १० को ६९ औं बैठकले २०७५ फागुन ९ गते नेता खुमबहादुर खड्का चोक नामांकरण गर्ने निर्णय गरेको थियो ।
तुलसीपुर– घोराही सडक खण्ड अन्तरगत नारायणपुरको दक्षिणमा ढिकपुर र उत्तरमा वीपी बाटिका जाने सडक खण्डको चोकलाई खुमबहादुर खड्काको चोकको रुपमा नामांकरण गरिएको छ । जस्को सिलन्यास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार दिउँसो गर्ने भएका छन् । हालसम्म जिल्लामा कतैपनि स्वर्गीय नेता खुमबहादुर खडकाको स्मृतिमा उनको नामबाट चोक नामांकरन गरिएको थिएन ।
नेपाली काँग्रेस त्रिपुर नगर समितिका सभापति दीपक पाण्डेको अध्यक्षता र निर्वाचन क्षेत्र नं. ३ का सभापति भूपबहादुर डाँगीको आथित्यमा विहीवार बसेको बैठकले स्वर्गीय नेता खड्काको नामवाट हाललाई चोकको नामांकरण गर्ने र निकट भविस्यमा खड्काको सालिक स्थापना गर्ने निर्णय भएको त्रिपुर सभापति पाण्डेले जानकारी दिए ।
