२०८३ असार १३ गते शनिवार

केरा खानै त्रास, घातक विषादीको प्रयोग

दाङ,भदौ १४ । फलफूलमा मानव स्वास्थ्यको लागि घातक मानिने रसायन प्रयोग हुने गरेको तथ्य फेला परेको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको अनुगमनमा क्रममा उपभोक्ता केरा खान डराउनु पर्ने अवस्था देखिएको छ । मानव स्वास्थ्यको लागि अति नै घातक मानिने र सरकारद्धारा प्रतिवन्धित रसायन तुलसीपुरका फलफूल व्यापारीले प्रयोग गरेको प्रमाण फेला परेको छ।

हरियो केरा रातरात पकाउन प्रयोग गरिने सरकारद्धारा प्रतिवन्धित रसायन ‘क्याल्सियम कार्बन’ तुलसीपुरको ‘ग’ लाईनमा अवस्थित मनोज फ्रुट एण्ड जुस कर्नरबाट अनुगमन टोलीले बरामद गरेको छ । उक्त विषादीको प्रयोग गरि पकाइएको केरा खाने मानिसमा क्यान्सर लगाएतका प्राण घातक रोगहरु हुने संभावना प्रवल रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका कार्यालय प्रमुख बिवेक बञ्जाडाले फरककोणलाई बताए । उक्त पसल मनिषकुमार गुप्ताको हो । हरिया केरा पकाउन प्रयोग गरिएको उक्त रसायन प्रयोग भएका २२ क्यारेट केरा समेत अनुगमन समितिले बरामद गरेको छ । जसको होलसेल बजार मुल्य साढे १७ हजार बराबरको थियो । बरामद भएको सबै कुरा र रसायन नष्ट गर्ने प्रमुख बञ्जाडेले बताए ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिकी संयोजक तथा उपमेयर माया आचार्यले कुनैपनि व्यापारीले मानव स्वास्थ्यमा प्रभाव पार्ने र सरकारले प्रतिवन्ध लगाएको रसायन प्रयोग गरि व्यापार गर्नेलाई कानुदी दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरिन । चाड पर्वमा व्यापारीहरुले अकुत कमाउन हरियो केरा एकै साथ ठूलो संख्यामा पकाउन यस्तो घातक रसायन प्रयोग गर्ने गरेका छन् ।

मानव स्वाथ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले त्यस्ता व्यापारीलाई कारवाही गरिने बताइन । उनले कर्मचारीको अभावले बजार अनुगमनलाई निरन्तरता दिन नसकिएको भन्दै अब भने निरन्तरता दिइने बताइन ।

त्यस्तै उनले अनुगमनका क्रममा म्याद नाघेका जुस तथा पिय पदार्थहरु बरामद गरिएको, अस्पालतको एक मिटर दुरी भित्रै धुर्मपान तथा मध्यपान खुल्ला रुपमा विक्रि वितरण हुँदै आएको पाइएको हुँदा त्यसमाथि प्रतिवन्ध लगाउने आश्वासन दिइन ।

अनुगमन समितिका अन्य सदस्यहरु दीपक कुमाल र नारायण भण्डारीले तुलसीपुर उद्योग बाणिज्य संघ अन्तरगत गठित फलफूल व्यवसायी उपसमितिका संयोजकले सञ्चालन गर्दै आएको सीता फ्रुट सेन्टरमा पनि अनुगमनका क्रममा एथेफन नामक विषादी फेला परेको जानकारी दिए । उनले केही पसमामा म्याद गुर्जेका, उत्पादन मिति र उपभोग गर्ने मिति समेत उल्लेख नगरिएको अवस्थामा फेला परेका मसला लगाएतका सामान बरामद गरिएको जानकारी दिए ।

तीजमा प्रायजसो सबै युवती राम्रो वरको कामना गर्दै र विवाहित महिला पतिको दिर्घायूको कामनाको लागि बर्त बस्ने गर्छन । उनीहरुले दरका रुपमा खाने केरा तथा अन्य फलफूलको खाने गर्छन । तर यस्तो घातक विषादीको प्रयोग गरेको फलफूलको प्रयोगले झनैं उनीहरुको स्वास्थ्य जोखिममा पर्ने चिकित्सकहरुले सुझाएका छन् । रातारात अकुत कमाउने बाहानामा मानवस्वास्थ्य माथि खेलवाड गर्ने व्यापारीलाई कडा भन्दा कडा कानुनी कारवाही आवश्यक रहेको सर्वसाधारण उपभोक्ताहरुले माग गरेका छन् ।

तर कतिपयले व्यापारीहरुले भने चाडपर्वमा मात्रै हुने अनुगमनको खास उदेश्य रकम झार्ने तथा बार्गेनिकका लागि हुने थालेको आरोप पनि लगाउने गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *