
शंकर के सी,
सल्यान, भदौ १२ । ढाड भाँचिएको अवस्थामा फेला परेका दुईवटा लोपोन्मुख वन्य जन्तु हुँडार उपचारको क्रममा मरेका छन् । बुधवार घाइते अवस्थामा फेला परेका दुईवटै हुँडार अर्थात हाईनालाई उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा उपचारको लागि पठाइएको थियो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिरबहादुर कार्कीले ती दुबै हाईना जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौरमा घाइते अवस्थामा फेला परेपछि उद्धार गरि उपचारको लागि बाँके निकुञ्जमा पठाएकोमा उपचारका क्रममा मरेको जानकारी दिए ।
घाइते अवस्थामा स्थानीयले हाइना लडेको देखेपछि प्रहरीमा खवर गरेका थिए । प्रहरीको त्यसको खवर वन कार्यालयमा गरेपछि शव डिभिजन वन कार्यालय छत्रेश्वरीका वन रक्षक तेजबहादुर शाही लगाएतको टोलीले घाइते हाइनालाई उद्धार गरि बाँके पुर्याएको थियो । दुबै हाईनाको ढाड भाँचिएका थिए । सडक पार गर्ने क्रममा कुनै सवारी साधनको ठक्कर दिएर ती हाइनालाई घाइते तुल्याएको वनका प्रमुख कार्कीले बताए ।
हुँडार भनेर पनि चिनिने हाईना नेपालको संरक्षित र लोपोन्मुख जनावर हो ।
पछिल्लो समय हुँडार बस्तिमा पसेर कुखुरा लगाएत साना घरपालुवा जनावर मारेर खाइदिन थालेपछि स्थानीयले विषादी हालेर पनि मार्ने गरेका छन् । प्रमुख कार्कीले यसअघि वन कार्यालयले विष सेवन गरेर घाइते भएका दुई वटा हुँडारलाई फेला पारिएको बताए । तीपनि उपचारको क्रममा मरेका थिए ।
घोरल मार्ने ९ जना धरौटीमा छुटे
गत चैत्र महिनामा घोरलको चोरी सिकारी गरेको अभियोगमा ९ जनाले सजाए भोगि रहेका छन् । उनीहरुलाई घोरलको मासुसहित पक्राउ परेका थिए । वन कार्यालय प्रमुख कार्कीका अनुसार डिभिजन वन कार्यालयले घोरल मार्ने शारदा नगरपालिका १४ ढाँरखानीका ९ जनालाई पक्राउ पछि कानुनी कारवाहीको लागि मुद्दा चलाएको छ । उनीहरु अव त्या गल्ती नदोह¥याउने सर्तमा धरौतीमा रिहा भएको वन कार्यालयले जानकारी दिएको छ ।