२०८३ मङ्सिर ११ गते बिहिवार

ट्रयाक्टर र मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ, मंसिर १० ।

कैलाली र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान साढे २ बजेतिर भएको दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–४ का २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँद घाइते रहेका छ्न ।
जिल्लाको गोदावरी नगरपालिका–४ शान्तिटोलमा बिहीबार विहान सु.प.प्र ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी अधिकारीका अनुसार घाइते चालकलाई उपचारका लागि अत्तरिया अस्पताल लगिएको थियो । सामान्य उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका अस्पतालमा राखिएको छ ।
यो दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरमा ट्रयाक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । ट्रयाक्टर चालक जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाका ३२ वर्षीय अजय रानाको पनि घटनास्थलमै मृत्यु भएको जिल्लाका प्रबक्ता डिएसपी टेकबहादु्र रावतले बताए ।


बालुवा बोकेको भे २ त ८०९ नम्वरको ट्रयाक्टर लालझाडी गाउँपालिका–३ बल्मीस्थित सडक किनारमा पल्टिएको थियोे ।
बुधबार राति भएको त्यो दुर्घटना पछि चालक ट्रयाक्टरको सिट मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेका थिए । शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *