
दाङ, मंसिर १० ।
रोल्पामा दुई दिन अघि भएको सवारी दुर्घटनाकी एक जना घाइतेको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।
जिल्ला सुनछहरी गाउँपालिका – ४ की १८ बर्षीया खिमसरी सुनारको उपचारको क्रममा लुम्बिनी सिटी हस्पिटल बुटवलमा बिहीबार बिहान ९ बजेतिर मृत्यु भएको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
मंसिर ८ गते बेलुकी पौने ६ बजेरित बडाचौर मेला हेरेर घर तर्फ फर्किदै गर्दा जिल्लाको लुङ्ग्री गाउँपालिका –६ भाग्यडाँडामा भक्तेचौरदेखि बडाचौर तर्फ जादै गरेको लु १ज १७५३ नम्बरको बलेरो जिपले र बिपरित दिशाबाट आउदै गरेको लु ४२ प ८९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
त्यो दुर्घटनामा परि मोटरसाइकल चालक सुन्छहरी–४ कै बर्ष २८ प्रेम चुनारापनि गम्भीर घाइते छन् । चुनाराको दाहिने खुट्टा भाँचिएको तथा शरिरको बिभिन्न भागमा भित्री चोट पटक रहेको हुँदा अवस्था गम्भिर रहेको छ । उनको पनि सोही हस्पिटलमै उपचार भइ रहेको छ ।
मेटरसाइकलमा सवार दुबै घाइतेलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो । जिप चालक जिल्लाको लुङ्ग्री –६ का २३ बर्षीय पारस रोका प्रहरी नियन्त्रणमा छन् ।
