
बिजौरी,मंसिर ५। बिजौरी उद्योग बाणिज्य संघको नंया नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ ।
संघको अध्यक्षमा डिल्ली बहादुर खत्री चयन भएका छन । उनी यस अघि बाणिज्य उपाध्यक्ष थिए ।
त्यस्तै संघको उद्योग उपाध्यक्षमा चित्र बहादुर खडका,बाणिज्य उपाध्यक्षमा खुम बहादुर बस्नेत,महासचिवमा रबिन्द्र बस्नेत,सचिवमा रमेश बस्नेत,कोषाध्यक्षमा सुनिल डांगीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा प्रेम वहादुर वलि,पुष्कर खडका,पबित्रा वलि,वसन्त वलि,गोविन्द बहादुर बिक,नवीन खडका,उद्योग सदस्यमा अर्जुन कुमार रेग्मी र महिला सदस्यमा सारदा केसी चयन गरिएको छ।
संघको मंसिर १२ गते सम्पन्न गर्ने छैठौं अधिबेशनको कार्यतालिका अनुसार शनिबार मनोनयन दर्ता भएको थियो ।
आवश्यक पदमा मात्र उम्मेदवारी मनोनयन पत्रमा दर्ता भए अनुसार निर्बिरोध रुपमा नंया नेतृत्व निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका संयोजक बिस्नुमणि धितालले जानकारी दिए ।
