दाङ, मंसिर ५ ।
दैलेखमा बञ्चरो प्रहारबाट घाइते एक बालक र बालिकाको मृत्यु भएको छ । आमा र अर्का एक छोराको अवस्था गम्भीर छ ।
जिल्लाको चामुन्डा बिन्दासैन नगरपालिका – ३ पानिखोलाका ३८ बर्षीय अम्बर सलामी मगरले शनिबार बिहान सामान्ने बिबादका क्रममा श्रीमतिसहित तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए ।
ती मध्य १२ बर्षीय छोरा तपेन्द्र सलामी र ३ बर्षीया छोरी करिस्मा सलामीलाई नगर अस्पताल दुल्लुले बिहान ११ बजेपछि मृत घोषणा गरेको हो ।
अम्बरको बञ्चरो प्रहार बाट उनकी ३५ बर्षीया श्रीमति मनिसा सलामी मगर र ६ बर्षीय छोरा मिलन सलामीपनि गम्भीर घाइते छन् । जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार घाइते आमा छोरालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतका लागि रिफर गरिएको छ ।
सामान्ने घरासयसी बिबादका क्रममा शनिबार बिहान साढे ९ बजेतिर श्रीमानले आफ्नी श्रीमतिसहित तीन सन्तानमाथि बञ्चरो प्रहार गरि गभ्भीर घाइते तुल्याएको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
