२०८३ मङ्सिर ५ गते शुक्रवार

आज १२ हजार २ सयले घट्यो सुनको मूल्य


दाङ, मंसिर ४ ।


शुक्रबार सुनको मूल्य तोलामा १२ हजार २ सयले घटेको छ ।
यो संगै आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यो दिन सुन प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको थियो ।
सुन गत शुक्रबारदेखि निरन्तर घट्दै गएको छ ।
आज सुुन अन्तराष्ट्रिय बजारमा प्रतिऔंस तीन हजार पाँच सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा दुई सय २५ रूपैयाँ घटेको छ ।


आज चाँदी तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *