२०८३ कार्तिक ३० गते आइतवार

मुगु दुर्घटनामा परि काठमाडौंका ३ जनाको मृत्यु, श्रीमान –श्रीमति घाइते


दाङ, कात्तिक २९ ।

मुगुमा भएको जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । श्रीमान – श्रीमति घाइते छन् ।
दुर्घटनामा परि काठमाडांै कलंकीका ५० वर्षीय विजय बस्नेत, काठमाडौं बस्ने ५४ वर्षीय रमेश बिडारी र काठमाडौं बस्ने ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।
काठमाडौंबाट मुगुको रारा तालको अवलोकनका लागि गएका उनीहरु राराताल पुग्न जम्मा ४ किलोमिटर जति मात्रै बाँकी छँदा दुर्घटनामा परेको डिएसपी थपलियाले बताए ।
दुर्घटनास्थलको प्रकृति नियाल्दा सडक भासिएर दुर्घटना परेको प्रहरीले जनाएको छ ।

मुगुका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाका अनुसार गम्भीर अवस्थाका तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्‍याउनासाथ चेकजाँचपछि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परि जिप ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय जिप चालक कञ्चन थापा र उनकी श्रीमति ५४ वर्षीया अन्जु थापा घाइते छन् । दुबै जनाको अवस्था मध्य रहेको तथा जिल्ला अस्पताल मुगुमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप पौने ५ बजेतिर छायानाथ रारा नगरपालिकाको – ७ टोप्लाथित रारा कच्ची सडकबाट करिब ६ सय मिटर मुनी खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना बारे अनुन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *