
दाङ, कार्तिक २७ ।
दाङको घोराहीमा बिहीबार दिउँसो पोखरीमा नुहाउन पसेका युवा अझैं फेला परेका छैनन् ।
घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइका लागि निर्मित ड्याममा नुहाउन भनेर पसेका घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बेपत्ता छन् ।
अनुप अघिल्लो दिन मात्रै मामाको घरमा गएका थिए ।
सुरक्षाकर्मीसहित स्थानीयले बेपत्ता अनुपको खोजी जारी राखेका छन् ।
प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
