दाङ, कात्तिक २३ ।
दैलेखमा सोमबार एकाबिहानै भएको बोलेरो गाडी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । थप ५ जना घाइते छन् ।
बिहान करिब ९ बजेतिर घाइते मध्य जिल्लाको सन्नी त्रिवेणी गाउँपालिका – ६ ४१ बर्षीय रने सार्कीको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि चालक कालीकोटको सन्नी त्रिवेणी गाउँपालिका – ७ का २२ बर्षीय योगेश सिंखडा, २१ बर्षीय तपेन्द्र सिंखडा , १८ बर्षीय गंगा सार्की,सन्नी त्रिवेणी – ६ की ३६ बर्षीया जादुकाल साकी र बिरामी २७ बर्षीया कैसी सार्की गम्भीर घाइते छन् । घाइते मध्य चालक योगेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान साढे ५ बजेतिर दैलेखको गुरास गाउँपालिका – १ काफल तोलीमा क.प्र.०२ –००१ च १२१५ नम्बरको बोलेरो गाडी सडक बाट अन्दाजी २०० मिटर तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार विश्वकर्माले बताए ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटदेखि बिषादी सेवन गरेका एक जना ब्यक्तिलाई अक्सिजनसहित सुर्खेत तर्फ लिएर जाँदै गरेको बोलेरो दुर्घटनामा परेको थियो ।
घाइते सबैलाई प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको नेतृत्वमा खटिएको ५ जनाको टोलीले उद्धार गरि उपचारका लागि सुर्खेत तर्फ पठाएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।
