२०८३ कार्तिक २३ गते आइतवार

छिमेकी घरमा घुसेर अन्धाधुन्द हँसिया प्रहार – एक जनाको हत्या, ४ जना घाइते


४ जना घाइतेलाई हेलिकोप्टर बाट सुर्खेत लगियो

दाङ, कात्तिक २१ ।

दैलेखमा एक जना ब्यक्ति छिमेकीको घरमा घुसेर महिला तथा बालबालिका माथि अन्धाधुन्द हँसिया प्रहार गरि एक जनाको हत्या गरेका छन् ।
नाबालिकासहित चार जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत दिउँसो १ बजे सुर्खेत तर्फ उडेको छ ।

जिल्ला प्रहरी प्रमुख श्रवनकुमार बिकका अनुसार जिल्लाको ठाटीकाँध गाउँपालिका – ४ धनकोटका ३७ बर्षीय बमबहादुर रावतले आइतबार एका बिहानै ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा गइ परिवारका पाँच जना सदस्यलाई हँसिया प्रहार गर्दा पुनको श्रीमति ४५ बर्षीया बिमा मगरको मृत्यु भएको छ ।
त्यस्तै चन्द्र बहादुर पुनको भाई बुहारी २५ बर्षीया महेसरा पुन, चन्द्रबहादुरको छोरी द्धय २० बर्षीया लक्ष्मी पुन र २३ बर्षीया तिला पुन मगर र तिलाको छोरी ३ महिनाकी जानकी रोक्का मगरपनि घाइते छिन ।
घाइते सबैको ठाटीकाँध गाउँपालिका – १ स्थित लकान्द्र स्वास्थ्य चौकीमा उपचार पछि दिउँसो १ बजे हेलिकोप्टर मार्फत सुर्खेत तर्फ उडेको छ ।
जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घाइते मध्य महेसरा पुनको दुबै हतकेलाहरु छिनालिएका छन् । अन्य तीन जना घाइतेको अवस्था मध्यम रहेको छ । अधिकाँसलाई टाउको अनुहार लगाएत शरिरका बिभिन्न भागमा हँसिया प्रहार भएको छ ।
घाइतेहरुलाई ठाँटीकाँध गाउँपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा थप उपचारको लागि हेलिकप्टरद्वारा सुर्खेत तर्फ लगिएको हो ।
हँसिया प्रहार गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *