दाङ, कात्तिक २१ ।
सल्यानमा ८ बर्षका दुई बालकको डुबेर मृत्यु भएको छ । तिहारको पूर्व सन्ध्यानमा दुई बालकको डुबेर मृत्यु भएपछि घर परिवार तथा आफन्त शोकमा परेका छन् ।
सल्यानको कालीमाटी गाउँपालिका – ७ घुँईयाबारीका ८ बर्षीय योगेश बुढा र ८ बर्षकै अंकित बुढा शुक्रबार बेलुकी बबई नदी छेउको सानो नालामा जमेको पानीमा डुबेको अबस्थामा फेला परेका थिए ।
अचेत अवस्थाका दुबै बालकको बेलुकी ७ बजेतिर उद्धार गरि स्थानीय मेडिकलमा पु¥याउँदा स्वास्थ्यकर्मीले चेकजाँच पछि बेलुकी पौने ८ बजेतिर मृत घोषाणा गरेको जिल्लाका प्रबक्ता देवराज भट्टराइले बताए । दुबै बालकको शब स्थानीय मेडिकलमा राखिएको छ ।
भट्टराइका अनुसार योगेश स्थानीय बिरेन्द्रकुमार बिसीका छोरा हुन भने अंकित स्थानीय शषी बुढाको छोरा हुन ।
दुबै बालक खेल्दै त्यहाँ पुगेको र सोही क्रममा पानी भरिएको नालामा प्रबेश गरेको अनुमान प्रहरीको छ ।
बेलुकी अबेरसम्म खेल्न गएका दुई बालक घर नर्फिएपछि उनीहरुको खोजी कार्य सुरु भएको थियो ।
इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा ५ जनाको टोली घुँइयाबारीमा पुगेर शनिबार बिहान घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने कार्यमा खटिएको छ । मुचुल्का तयार पारि सकेपछि शब पोष्टमा मार्टका लागि जिल्ला अस्पताल खलंगा लगिने भएको छ ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरी चौकी घुँईयाबारीका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापाले बताए ।
