२०८३ कार्तिक १० गते सोमवार

स्कार्पियो दुर्घटनामा परि ६ जनाको मृन्यु, ३ जना घाइते

दाङ, कात्तिक ९ ।

गुल्मीमा सोमबार बेलुकी भएको स्कापियो दुर्घटनामा परि ६ जानाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमै मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका – २ का ६७ बर्षीय दिलिपकुमार बगाले, वालिङ –१० का ६० बर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका – १ सिरकोट घर भइ हाल वालिङ स्याङजा बस्ने अन्दाजी ५० बर्षीय लोकनाथ पाण्डे , सोही ठाउँकै सीता पाण्डे र सोही ठाउँकै बर्ष नखुलेका कुलानन्द पाण्डे थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनाकी घाइते मध्य वालिङ – २ कै निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी स्याङ्जामा मृत्यु भएको थियो ।

दुर्घटनामा परि गुल्मीको कालीगण्डकी – १ सिरकोटका छविलाल पाण्डे, स्याङ्जा वालिङकी अन्दाजी ५५ बर्षीया गोमता पाण्डे र वालिङ – १० का बालकृष्ण सुबेदी घाइते छन् ।
घाइते मध्य गुल्मीका पाण्डे र स्याङजाका सुबेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी स्याङ्जामा उपचार भइरहेको छ । त्यस्तै घाइते मध्य गोमताको मिसन अस्पताल पाल्पामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका प्रबक्ता डिएसपी वीरेन्द्रविर विश्वकर्मा नेतृत्वको टोली उद्धारका लागि खटिएको छ ।
सोमबार बेलुकी ४ बजेतिर कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोरको सडक खण्ड बाट स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्से जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो दुर्घटनामा परेको थियो ।
स्कार्पियो सडकदेखि २०० मिटर भन्दा मुनी खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

पाँच जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *