दाङ , कात्तिक ९ ।
बर्दियामा मदिराले मातेका छोराले कुटपिट गरि बाबुको हत्या गरेका छन् ।
जिल्लाको राजापुर नगरपालिका–३ सेन्द्राका २५ वर्षीय राजेन्द्र थारुले आफ्ना ५० वर्षीय बुवा कालुराम थारुको कुटपिट गरि हत्या गरेको जिल्लाका प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।
मदिराले मातेका राजेन्द्रले आइतबार राति ११ बजेतिर आफ्ना बुवा कालुराममाथि निर्घात कुटपिट गरि गम्भीर घाइते तुल्याएका थिए ।
छोराको कुटपिट बाट कालुरामको टाउकोमा गम्भीर चोट पटक लागेको थियो ।
घाइते कालुरामलाई सुरुमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पुर्याएको थियो ।
त्यहाँ बाट थप उपचारका लागि बिहान १ बजेपछि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल रिफर गरिएको थियो ।
त्यहाँ बाट थप उपचारका लागि बिहान पौने ५ बजेतिर नेपालगंजस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा पुर्याइएको थियो ।
सोही अस्पतालमा घाइते कालुरामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
