दाङ, असोज २९ ।
बिहीबार पनि सुनको मूल्य घटेको छ ।
आज सुन तितोमा एक हजार एक सय रूपैयाँले घटेको छ ।
आज सुन प्रतितोला दुई लाख ८८ हजार चार सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
चार दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको छ । सुन बुधबार तोलामा दुई हजार सात सय रूपैयाँ घटेको थियो ।
त्यो दिन सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यो भन्दा अघिल्लो दुई दिनपनि सुन प्रतितोला लगभग दुई हजारका दलरले घटेको थियो ।
त्यस्तै बिहीबार चाँदीको मूल्यपनि घटेको छ । आज चाँदी तोलामा चार हजार ३५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदी प्रतितोला दुई सय २० रूपैयाँ घटेको हो ।
बुधबार चाँदी प्रतितोला चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
