२०८३ असोज २७ गते मङ्गलवार

आजपनि दुई हजार दुई सय घट्यो सुनको मूल्य


तुलसीपुर, असोज २७ ।


सुन र चाँदीको मूल्य घटेको छ ।

मंगलबार सुन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको छ ।
सोमबारपनि सुन तोलामा दुई हजार एक सय रूपैयाँले घटेको थियो । दुई दिनको अवधिमा सुन तोलामा ४३ सय रुपैंयाँले घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थिया े।
साथै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो ।

चाँदी सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *