२०८३ असोज २४ गते शनिवार

कपुरकोट आँखा उपचार केन्द्रको उद्घान


दाङ, असोज २४ ।

सल्यानको कपुरकोटको आधारभूत अस्पतालमा शनिबार आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । यो संगै अव कपुरकोट क्षेत्रमै आँखाको रोगसम्बन्धि उपचार तथा सेवा सुरु भएको छ ।
यो संगै अब आँखा उपचार केन्द्रबाट अव दैनिक विहान ९ वजे देखि ४ बजेसम्म आँखा उपचार सेवा प्रवाह हुने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, कपुरकोट गाउँपालिका र राप्ती आँखा अस्पतालको साझेदारीमा सञ्चालित आँखा उपचार केन्द्रको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन र आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयूक्त रुपमा उद्घाटन गरेका हुन ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य समेत रहेका गिरीले गिरीले उद्घाटन पछि मनतब्य राख्दै नेत्रज्योति संघले बिकट भूगोलका स्थानीयलाई नजिकमा सेवा दिन तथा दृष्टि विहिनता न्यूनिकरण गर्नका लागि कपुरकोटमा आँखा सम्बन्धि सेवा बिस्तार गरिएको बताए ।

कर्णाली, लुम्विनी प्रदेशका विभिन्न स्थानमा आँखा उपचार सेवा प्रवाह गर्दै आइएको भन्दै उनले स्थानीय सरकारको साझेदारीमा विभिन्न स्थानमा आँखा स्वाथ्य सेवा प्रवाह भएको बताए ।
‘हाम्रो उद्देश्य आम सर्वसाधारणलाई सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ,’ उनले भने ‘ कपुरकोटमा आँखाको सेवा बिस्तार गर्न पाउँदा हामी खुसी छौं ।’


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले राप्ती आँखा अस्पतालले बिगतमा पनि आफ्ना पालिकाका जनतालाई निःशुल्क शिविरहरु राखेर सेवा दिएको भन्दै अव पालिकामै आँखा उपचार केन्द्र स्थापना भइ सकेको हुँदा त्यसले सर्वसाधारण लाभान्बित हुने आशा ब्यक्त गरे ।
कार्यक्रममा पालिकाका अध्यक्ष पुनले कपुरकोटमै आँखा उचार केन्द्र स्थापना गर्न पाउँदा निकै खुसी लागेको बताए ।
‘हामीहरुले विगत चार बर्ष देखि यो आँखा अस्पताल संग साझेदारी गर्दै आएका थियांै,’ उनले भने ‘ अव पनि त्यसले निरन्तता पाइ रहने विश्वास दिलाउन चाहान्छु ।’
गाउँपालिकाका स्वास्थ्य संयोजक सुवास हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका डन्डबहादुर सेन, नेकपा एमालेका ओमबहादुर वुढा, नेपाली कम्युनिष्ट पार्टिका यमकुमार बस्नेत , वडा नं २ का वडाध्यक्ष इश्वर बुढा, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहसचिव प्रणवकुमार खड्का , सदस्य सुरेन्द्रबहादुर खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुब गौतम, राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सहायक प्रा.डा. रन्जितकुमार साहलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण कपुरकोट गाउँपालिका आधारभूत अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *