
दाङ , असोज २० ।
सुदुरपश्चिम प्रदेशका एकजना पूर्व मुख्यमन्त्री छोरा बबी सोडारी बलात्कार मुद्दामा पक्राउ परेका छन् ।
बबीलाई प्रहरीले शुक्रबार बेलुकी उनकै घर धनगढी उपमहानगरपालिका–१ शिवनगर बाट बाट पक्राउ गरिएको जानकारी दिएको छ ।
स्थानीय एक जना युवतिले बबी बिरुद्ध बबी बिरुद्ध २०८२ कात्तिकमा जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दायर गरेकी थिइन ।
त्यसपछि उनी फरार थिए । प्रहरीले उनलाई घरमै फेला पारी नियन्त्रणमा लिएको थियो ।
उनका बुवा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी बिगतमा नेकपा (एकीकृत समाजबादी) सुदुरपश्चिम संसदीय दलका नेता छँदा मुख्यमन्त्री बनेका थिए । पार्टी समायोजन पछि हाल उनी नेकपाली कम्युनिष्ट पार्टीमा छन् ।
बुवाको राजनीतिक प्रभाव र दबाबका कारण यसअघि प्रहरीले बबीलाई पक्राउ गर्न नसकेको पीडित युवतिको आरोप छ । पीडितले आँफुले आरोपीलाई पक्राउ गर्न आग्रह गर्दै बर्ष दिनको अवधिमिा कयौ पटक प्रहरी कार्यालय धाउन बाध्य भएको गुनसाो गरेकी छन् ।
बबी माथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
