२०८३ असोज २० गते मङ्गलवार

देउखुरीमा बसले अटोलाई ठक्कर दिदा बज्यै नातिनीको मृत्यु, श्रीमान–श्रीमतिसहित ३ जना घाइते

तुलसीपुर, असोज १९ । दाङको देउखुरीमा बसले अटोलाई ठक्कर बज्यै नातिनीको मृत्यु भएको छ ।
दुर्घटनामा परि प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमीसरा बराल र दुई महिनाकी सिशु जेनिसा सोमै मगरको मृत्यु भएको छ । उनीहरु नाताले माउली घरकी हजुर आमा र नातिनी हुन । उनीहरु अटोमा सवार थिए ।

दुर्घटनामा परि अटो चालक तथा मृतक बालिकाकी बुवा प्यूठानको सरुमारानी गाउँपालिका – ५ पाखापानीका ३३ बर्षीय जीतबहादुर पल्ली मगर, उनकी श्रीमति २० बर्षीया संगिता सोमै मगर घाइते छन् ।

सो दुर्घटनामा परि नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन ।
घाइते मध्य संगिताको अवस्था गम्भीर रहेको छ भने उनका श्रीमान जीतबहादुरको अवस्था मध्यम छ । यी दम्पत्तिलाई थप उपचारका लागि लमहीबाट बुटवल रिफर गरिएको छ ।
मध्यम अवस्थाका अधिकारीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाका अनुसार दिउँसो पौने ४ बजेतिर लमही नगरपालिका–३ मजगाउँ चोकमा उक्त दुर्घटना भएको थियो ।
पूर्व पश्चिम राजमार्ग अन्र्गत लमही बाट भालुवाङ तर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटोलाई बिपरित दिशा भालुवाङबाट लमही तर्फ ) आउँदै गरेको लु.प्र.०२–००१ ख् ०१११ नम्बरको यात्रुबहाक बसले अटोलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनसार प्युठान बाट नाबालक सिशुको उपचार पछि लमही बजार बाट प्युठान फर्किने क्रममा उनीहरु दुर्घटनामा परेका थिए । ट्रकलाई उछुनेर अटो अगाडी जान खोज्दा पूर्व बाट तीब्र गतिमा लमही तर्फ आउँदै गरेको यात्रु बस संग ठोक्किएका थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *