
तुलसीपुर , असोज १५ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ को नव निर्वाचित कार्यसमिति मध्य युवा ब्यबसायी गोरखबहादुर वलीले सबै भन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् ।
समानुपातिक खस आर्यबाट क्षेत्रिय कार्यसमिति सदस्यका उम्मेदवार वलीले कुल ६०५ मत प्राप्त गरेका छन् । कुल १२२४ मत खसेको थियो ।
दाङ – ३ को सभापतिमा निर्वाचित खिमबहादुर वलीले ४०६ मत प्राप्त गरेका थिए । कार्यसमिति सदस्य वलीले आफ्ना सभापति भन्दा १९९ बढी मत प्राप्त गरेका छन् । मिनलसार र मृदुभाषी गोरख युवा नेता सुरेश हमाल टिमका एक बलिया खम्बा मानिन्छन् । उनै गोरखले कार्यसमितिमै सबै भन्दा लोकप्रिय मत प्राप्त गरेका हुन ।
खस आर्यबाट निर्वाचित हुने अर्का रमेश केसीले ४१४ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धीहरु शोभाराम बिष्टले ३६० र टेकबहादुर भण्डारीले ३२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै समानुपातिक तर्फ दलित सदस्यमा मधुमती सुनार ३३२ मत प्राप्त गरि निर्वाचित हुँदा केशवराज नेपाली २९५ र कृष्णबहादुर बिक २५० मत प्राप्त गरि पराजित भएका थिए ।
क्षेत्रिय कार्यसमिति सदस्य मध्य खुल्ला तर्फ महिला सदस्यमा गिता बस्नेत ४९८ मत प्राप्त गरि निर्वाचित भइन । पराजित हुने सुशिला न्यौंपाने ४९६ मत प्राप्त गरिन । यी दुई बीचको मतान्तर जम्मा २ मात्रै छ । गोरख पछि दोस्रो नम्बरमा लोकप्रिय मत प्राप्त गर्ने उम्मेदवार गिता हुन ।
त्यस्तै खुल्ला तर्फ सदस्यमा डम्मरबहादुर राणा ३८७, रमेशकुमार खत्री ३१२ र किशोर पौडेल २९३ मत प्राप्त गरि निर्वाचित भए । ३ जना निर्वाचित हुने पदमा ११ जना उम्मेदवार थिए । पराजित हुनेहरुमा टेकबहादुर खत्री २७७, लोकराज खत्री २६७, बालकृष्ण लामिछाने २५३, सेवक ढमाल २३१, खिमलाल खत्रीले २२८, खुमबहादुर न्यौंपाने २२७, थम्मनप्रशाद कडेल २१५ र तस्बरअली कबाडियाले १०९ मत प्राप्त गरेका थिए ।


