दाङ , भदौ ३० ।
बाँके प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको नेपालगंज उपमहानगरपालिका – ३ का ३४ बर्षीय मोहम्मद अहिम अन्सारी मंगलबार ४० ग्राम ७६० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
जिल्ला प्रबक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार अन्सारीले लागुऔषधको अवैध कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनको घर कोठा खान तलासी गर्ने क्रममा ठूलो परिमानमा ब्राउन सुगर बरामद गरेको थियो ।
प्रहरले अन्सारीको साथबाट साथबाट ९९ हजार नेपाली रुपैंयाँका र १ लाख ४६ हजार भारतिय रुपैयाँपनि बरामद भएको जनाएको छ ।
प्रहरीले अन्सारीको भे ३ प ५३५१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
