
तुलसीपुर , भदौ ३० ।
दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एकै साथ १२ वटा शब राख्ने मिल्ने ब्यबस्था गरिदै छ ।
जहाँ हाल एकै साथ हाल ४ वटा मात्रै शब राख्न मिल्ने ब्यबस्था छ । त्यसलाई बिस्तार गरि एकै साथ १२ वटासम्म शब राख्न मिल्ने गरि ब्यबस्थापन गर्न थालिएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले थप शव राख्न मिल्ने नयाँ शवगृह निर्माण तथा विस्तार गर्न थालिएको बताए ।
बाढी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकै पटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त मन्त्रालयले देश भरका स्वास्थ्य संस्थालाई क्षमता बढाउन परिपत्र गरेको थियो । सोही अनुसार काम हुन थालेको हो ।
विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी मन्त्रालयले थल क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि प्रतिष्ठान योजना बनाउने तयारीमा जुटेको हो ।
